६ जना एआइजीको सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ६ जना एआइजीको सरुवा

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८०, शनिबार

    काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिष्दको बैंठकले ६ जना एआईजीको सरुवा गरेको हो ।

    उनीहरुको पदस्थापन भएको चार महिनामै मन्त्रिपरिषद्ले सरुवा गरेको हो । जसअन्तर्गत उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यायलको कार्य विभागमा सरुवा गरिएको छ ।

    उनको ठाउँमा प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख एआईजी दिपक थापालाई जिम्मा दिइएको छ । प्रशासन विभागमा एआईजी मिरा चौधरी आएकी छन् । यसअघि, उनी कार्य विभागमा थिइन् ।

    त्यस्तै, मानवस्रोत विभागका प्रमुख एआईजी सन्दीप भण्डारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महराजगञ्ज र त्यहाँ कार्यरत एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रिपरिषद्ले सरुवा गरेको हो ।

    प्रहरीमा आठजना अतिरिक्त महानिरीक्षक छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत एआईजी किरण बज्राचार्य, अपराध अनुसन्धान विभागका टेक बहादुर तामाङ र प्रदेश समन्वय विभागका सुदीप गिरीको भने सरुवा भएको छैन । बज्राचार्य र गिरीको २० चैत २०७९ मा पदस्थापन भएको थियो ।

    प्रहरी नियमावलीअनुसार प्रहरी अधिकारीको सरुवा कम्तीमा एक वर्षमा गरिन्छ । तर, प्रहरी महानिरीक्षक वसन्त कुँवर र उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी ज्ञवालीबीचको आन्तरिक कटरावका कारण एआईजीको सरुवा चार महिनामै भएको हो ।