चुमान गाउँपालिका महासंघको अध्ययन, अनुसन्धान, प्रचार सचिवमा मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    चुमान गाउँपालिका महासंघको अध्ययन, अनुसन्धान, प्रचार सचिवमा मनोनित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान गाउँपालिका महासंघको अध्ययन, अनुसन्धान तथा प्रचारप्रसार समितिको सचिव मनोनित भएका छन् ।

    महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले चुमानलाई उक्त समितिको सचिवमा मनोनित गरेको जानकारी गराएकी छन् ।

    सम्बन्धमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल केन्द्रीय कार्यसमितिको मिति २०७९ चैत्र २६ र २७ गते बसेको बैठकले महासंघको विधान, २०७४ को दफा २५ को उपदफा (१) बमोजिम गठन गरिएको उक्त समितिको सचिवमा चुमान मनोनित भएको जनाइएको छ ।