आरकेडि होल्डिंग्स लिमिटेडले पाँच अर्व पुँजी पुर्याउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आरकेडि होल्डिंग्स लिमिटेडले पाँच अर्व पुँजी पुर्याउने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । जग्गा विकास, निर्माण इभेन्ट म्यानेजमेन्ट को साथ–साथै रियल सेक्टरमा नियमित लगानी गर्दे आएको कम्पनी आरकेडि होल्डिंग्स लिमिटेडले कम्पनीको विशेष साधारण सभा मार्फत कम्पनीको अधिकृत पुजीँ रु.पाचँ अर्ब रुपैँया पुर्याउने प्रस्ताव पारित गरेको छ ।

    यस प्रस्ताव पारितगरे सँगै कम्पनीको जारी पुँजी तीन अर्ब एकाउन्न करोड रुपैँया कायम हुने भएको छ । जस मध्य प्रर्बधकहरुले दुई अर्ब एघार करोड रुपैयाँ चुक्ता गर्ने छन् भने प्रारम्भिक सार्वजनिक निष्काशन गरि एक अर्ब चालिस करोड रुपैँयामा प्रिमियम मुल्य थप गरि पुजीँ चुक्ता गरि सक्ने नीति कम्पनीको साधारण सभाले पारित गरेको छ ।

    यस कम्पनीले लगानीको क्षेत्र व्यवस्थापन गर्नेको लागी टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, पर्यटन र केवलकार क्षेत्र जोड्न को लागि बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेड र पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेड लाई प्रर्वधन गरि सकेको छ ।

    ती कम्पनीको साहायक कम्पनीका रुपमा इकमर्शको बजार बसाउनको लागी बिजबजार लिमिटेड, थप केवलकारहरु निर्माणको लागी बुढीँ माँ छिम्केश्वरी दर्शन प्रा.ली., रिक्रियशनको लागी बन्दिपुर स्काइवाक् एण्ड रिक्रिएसन प्रा.लि, सिद्ध गुफा रोपवे प्रा.लि., बन्दीपुर बैङ्केट एण्ड ईभेन्ट्स प्रा.लि.प्रर्वधन गरि सकेको छ ।

    यसै गरि बाहिर देश बाट सिधै सामाग्री आयात गरि नेपाली बजारमा बिक्रि वितरण गर्ने आरकेडि इम्पोट एण्ड ट्रेड इन का साथै उघोग संचालनको क्षेत्रमा कार्य गर्नेको लागी रासायनिक मल कारखाना संचालन को पुर्व तयारी स्वरुप आर के.डि फर्टिलाइजर र स्टिलका सामाग्री उत्पादन गर्ने गरि आरकेडि स्टिल इन्डष्ट्रिज खोल्ने आन्तरिक रणनिती बुनिरहेको कम्पनीले दावी गरेको छ ।
    आरकेडि होल्डिंग्स लिमिटेड स्वदेश र प्रवासमा रहको चार हजार माथी को संख्याका युवाहरुले प्रर्वधन गरेको कम्पनी हो ।