दमाैली । म्याग्दे गाउँपालिका-१ गुणादीस्थित महेन्द्र माविले बस खरिद गरी सञ्चालनमा ल्याएकाे छ । विद्यालयले गाउँपालिका र पूर्व विद्यार्थीकाे सहयाेगमा उक्त बस खरिद गरेकाे हाे ।
बस खरिदका लागि गाउँपालिकाले ४० प्रतिशत रकम अनुदान दिएकाे थियाे । ६० प्रतिशत रकम पूर्व विद्यार्थी र विद्यालयले व्यवस्थापन गरेकाे छ ।
उक्त बसकाे चााबी साेमबार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले हस्तान्तरण गरे । साे अवसरमा उनले बस सेवा सञ्चालनमा आएपछि बालबालिकालाई विद्यालय आउजाउमा सहयाेग हुने बताए ।