अन्तत : एमालेको अडानमा दलबीच सहमति, उच्चस्तरीय छानबिन समिति बनाउने सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अन्तत : एमालेको अडानमा दलबीच सहमति, उच्चस्तरीय छानबिन समिति बनाउने सहमति

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०८०, सोमबार

    काठमाडौं । अन्ततः दलहरुबीच सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने दलहरुबीच सहमति भएको छ ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएको जानकारी दिएका छन् । उनका अनुसार छानबिन समितिको भोलिसम्ममा ड्राफ्ट गर्ने र त्यसका लागि कार्यविधि तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा एमाले सुवास नेम्बाङ, माओवादीका हितराज पाण्डे र नेपाली कांग्रेसका रमेश लेखक रहेका छन् ।

    त्यस्तै, रास्वपाका सभापति रवि लामिछानेले पनि समिति गठनका सहमति भएको जानकारी दिए ।

    त्यस्तै, नेपाली कांग्रेसका नेता रमेश लेखकले भने उच्चस्तरीय छानबिन समिति गठनका विषयमा भोलिसम्ममा टुंगिने बताए । भोलिको संसद चल्ने उनले बताए ।