भ्रष्टचारका खोलिएका फाइल पनि बन्द हुने खतरा छ : प्रदीप पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भ्रष्टचारका खोलिएका फाइल पनि बन्द हुने खतरा छ : प्रदीप पौडेल

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८०, मंगलवार

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टचार सम्बन्धी खोलिएको फाइल पनि बन्द हुने अवस्था रहेको बताएका छन् ।

    नेकपा माओवादी केन्द्रका नेता भ्रष्टचार प्रकरणमा मुछिएको देखिन थालेपछि अनुसन्धान भइरहेका फाइल बन्द रोक्ने खतरा रहेको पौडेलले बताए । ‘सुरु सुरुमा प्रधानमन्त्रीका भनाईमा पत्यार लाग्थ्यो । अहिले आफ्ना मान्छे पर्न थालेपछि अब नयाँ खोलिने त सम्भावना छैन । पुराना खोलिएका पनि बन्द हुने खतरा छ,’ पौडेलले भने ।

    चितवन रत्ननगर नगरको पार्टी समिति सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री व्यवहार प्रति असन्तुष्टि जनाए । ‘फाइल खोलेपछि आफ्ना नपर्ने अरुको मात्रै पर्ने भन्ने हुँदैन । आफ्ना पर्न थालेपछि भ्रष्टचारको अनुसन्धानको यात्रा अड्किएको देखियो,’ पौडेलले भने ।

    वर्तमान सरकारले नागरिकका पक्षमा अरु केही कार्य नगरेको उनले बताए । ‘भ्रष्टचारका अलि अलि फाइल खोल्न खोजेको छ,’ पौडेलले भने,‘फाइल खोेलेर प्रधानमन्त्री जस लिन खोज्नुहुन्छ । हामी पछाडी बसेर अँध्यारो भइरहेका छौं ।’