थानीमाइमा भदौको पहिलो मङ्गलबार फूलको डोली भित्रिएन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाइमा भदौको पहिलो मङ्गलबार फूलको डोली भित्रिएन

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०८०, मंगलवार

    दमाैली । तनहुँको प्रसिद्ध थानीमाइ मन्दिरमा भदौको पहिलो मङ्गलबार फूलको डोली भित्रिएन । भदौ १ गतेदेखि भक्तजनका लागि मन्दिर खुल्ला गरिएको र पहिलो मङ्गलबार आज फूलको डोली भित्रिने अपेक्षा गरेपनि एउटा फूलको डोली नआएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    भानु नगरपालिका–७ बसन्तपुरमा अवस्थित मन्दिर साउन महिनाभर बन्द थियो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले पहिलो मङ्गलबार भक्तजन फूलको डोली लिएर आउने अपेक्षा गरिएपनि फूलको डोली नभित्रिएको बताए।

    उनले भने, “गत वर्ष भदौको पहिलो मङ्गलबार फूलको डोली भित्रिएको थियो । यो पटक भने भित्रिएन । आगामी हप्ताको मङ्गलबारदेखि भित्रिन सक्छ ।”

    सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।