दमाैली । तनहुँको भिमाद नगरपालिका–७ सितलचौपारीस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा भिमाद नगरपालिका–६ क्याम्पसरोड बस्ने ६२ वर्षीया विष्णुदेवी खनाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गिर्दी खोलाबाट भिमाद बजारतर्फ आउँदै गरेको लु ३२ प ८९८१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री खनाल गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
घाइते खनाललाई स्थानीय मेडिकल हलमा सामान्य उपचारपश्चात् पोखरा रिफर गरिएको छ । मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् ।