ह्याम्स अस्पताल र द क्लिफबीच कर्मचारीहरुलाई छुट र बजारीकरण सहकार्यको लागि सम्झौता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ह्याम्स अस्पताल र द क्लिफबीच कर्मचारीहरुलाई छुट र बजारीकरण सहकार्यको लागि सम्झौता

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८०, बुधबार

    काठमाडौ । नेपालको पर्यटन क्षेत्रमा एड्भेञ्चर हबको रुपमा रहेको द क्लिफ नेपाल र स्वास्थ्य सेवाको क्षेत्रमा चर्चित ह्याम्स अस्पतालबिच आफ्ना सेवासुविधामा सहयोग गर्ने सम्झौता भएको छ । 

    ह्याम्स अस्पतालका कर्मचारी तथा सदस्यलाई क्लिफमा र क्लिफका कर्मचारी तथा सदस्यलाई ह्याम्स अस्पतालका सेवा सुविधामा छुट दिने र एकअर्काको बजारिकरण गर्ने सम्झौतामा उल्लेख छ । 

    अस्पतालका अध्यक्ष आरएस भण्डारी र क्लिफका अध्यक्ष राजु कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

    सम्झौता अनुसार ह्याम्स अस्पतालले क्लिफका कर्मचारी तथा सदस्यलाई ओपीडी तथा आइपिडि सेवामा १० प्रतिशत छुट, फार्मेसीमा ५ प्रतिशत र हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशत छुट दिनेछ । साथै ह्याम्सले द क्लिफका कर्मचारी र सदस्यहरुको लागि हेल्थ अवारनेस प्रोग्राम गर्ने बताइएको छ । 

    यस्तै क्लिफले ह्याम्स अस्पतालका सदस्य तथा कर्मचारीलाई हरेक सेवा तथा सुविधामा १५ प्रतिशत छुट दिने छ । द क्लिफले ह्याम्स अस्पताललाई मेडिकल पार्टनरको रुपमा बजारिकरण गर्ने सम्झौता उल्लेख छ ।   

    क्लिफमा हुने हरेक कार्यक्रममा ह्याम्स अस्पताललाई हेल्थ पार्टनरको रुपमा प्रवर्द्धन गरिनेछ । द क्लिफको वेवसाइटमा समेत ह्याम्स अस्पतालको लोगो राखिने सम्झौतामा उल्लेख छ । 

    सम्झौता पश्चात सामाजिक सञ्जालमार्फत गरिने विज्ञापनमा समेत ह्याम्स र क्लिफको प्रवद्र्धन गरिने छ ।