सभाहलको नामाकरणमा काङ्ग्रेस बाहेक दलको असहमति, ध्यानाकर्षण पत्र बुझाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सभाहलको नामाकरणमा काङ्ग्रेस बाहेक दलको असहमति, ध्यानाकर्षण पत्र बुझाइने

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०८०, बुधबार

    दमाैली । तनहुँ जिल्लामा क्रियाशील राजनीतिक दलहरुले जिल्ला सभागृहको नामाकरणको विषयमा असहमति जनाएका छन् । नेपाली काङ्ग्रेस बाहेकका बामपन्थी तथा अन्य दलहरुले उक्त सभागृहको नामाकरणमा असहमति जनाएका हुन् ।

    बुधबार नेकपा (एमाले) तनहुँमा बसेको सर्वदलीय बैठकले सभाहलको नाम सर्वमान्य हुनुपर्छ भन्ने निष्कर्ष निकालेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, जनमुक्ति लगायतका पार्टीहरुले सोही विषयलाई लिएर बुधबार नै जिल्ला समन्वय समिति प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेको एमाले उपाध्यक्ष हरिराज कंडेलले जानकारी दिए ।

    केही समय अगाडी जिल्ला समन्वय समितिले उक्त सभागृहको नाम विपी सभागृह राख्ने निर्णय गरेको थियो ।

    यसैगरी व्यास नगरपालिकाले बनाउन लागेको बहुउद्धेश्यीय भवनको विषयमा पनि नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरिएको छ ।