व्यास नपाको भएकै भवनमा भाडा लागेको छैन, नयाँ भवन रोक्नुपर्छ : तनहुँका राजनीतिक दल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नपाको भएकै भवनमा भाडा लागेको छैन, नयाँ भवन रोक्नुपर्छ : तनहुँका राजनीतिक दल

    खबरपुञ्ज संवाददाता

    ५ भाद्र २०८०, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाले निर्माण गर्न लागेको बहुउद्धेश्यीय भवन निर्माण रोक्न तनहुँका राजनीतिक दलले माग गरेका छन् । बुधबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका बाह्र राजनीतिक दलले ऋण लिएर भवन बनाउनुको औचित्य नरहेको बताएको छ ।

    नगरपालिकाको हाल रहेको भवनमै भाडा नलागेर सटर बन्द रहेकाले नयाँ भवन बनाउनुको औचित्य नरहेको बताइएको छ । तनहुँ उद्योग वाणिज्य संघ र दमौली बजार इकाइ र सम्पूर्ण व्यवसायीको समेत असहमति रहेकाले ठूलो मात्रामा ऋण लिएर भवन बनाउने निर्णय सच्याउन माग गरिएको छ ।

    ज्ञापनपत्र बुझाउन नेकपा एमालेका उपाध्यक्ष हरिराज कंडेल, नेकपा माओवादी केन्द्रका व्यास नगर संयोजक रामचन्द्र सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका सहसंयोजक सूर्यमणि पौडेल लगायत सहभागी थिए ।