पोखरा । नेपाल क्रिकेट संघ गण्डकी प्रदेशको सर्वसम्मत नेतृत्व चयन भएको छ । पोखरामा सम्पन्न संघको अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो ।
संघको अध्यक्षमा कास्कीका सन्जयकान्त सिग्देल चयन भएका छन् । उपाध्यक्षमा नवलपुरका प्रकाश पौडेल, सचिवमा तनहुँका सुमनराज कार्की, कोषाध्यक्षमा कास्कीका दिवाकर थापा चयन भएका छन् ।
सदस्यहरुमा कास्कीका देवेन्द्र प्रजु, ऋषिराम गौतम, बागलुङका फणिन्द्रबहादुर खड्का, नवलपुरका धामनाथ सापकोटा, पर्वतका रेशमबहादुर केसी, स्याङ्जाका विद्यादेवी भट्टराई, कास्कीका भोजराज बराल र बागलुङका सन्तोष शर्मा चयन भएका छन् ।