सिआइबीले स्वतन्त्र रुपमा अनुसन्धान गरोस् : किसान श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सिआइबीले स्वतन्त्र रुपमा अनुसन्धान गरोस् : किसान श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८०, बिहीबार

    काठमाडौ । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले ललितानिवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा शंका लागेको बताएका छन् ।

    २०४९ सालमा ६ वर्ष रहेको व्यक्तिलाई जग्गा कीर्ते गरेको भनेर करोडौं बिगोसहित मुद्दा दायर गरिँदा शंका बढेको उनले बताए । 

    सीआईबीले स्वतन्त्ररूपमा छानबिन गरोस् । आरोपित रहँदैमा, अनुसन्धान चल्दैमा, आफूलाई मन नपरेका आरोपित अपराधी हुन भन्ने ढंगले काम गरिएको छ । उनको व्यावसायिक मानप्रतिष्ठा समाप्त पार्ने अतिवादी सोच देखिएको छ,’ श्रेष्ठले भने, ‘नेपालको पूर्वी पहाडी जिल्ला खोटाङको सामान्य परिवारबाट राजधानी छिरेर दशकौं लामो मेहनतबाट सफल व्यवसायी बनेका मीनबहादुर गुरुङलाई झण्डै २ महिनादेखि हिरासतमा राखिएको छ । राज्यलाई राजस्व तिरेर जग्गा किन्दा मीनबहादुर कसरी कसुरदार भए ? जग्गाधनी प्रमाणपूर्जा रहेको, जग्गाधनीको नाममा श्रेस्ता कायम रहेको र त्यही आधारमा जग्गा किन्दा ऊ कसरी दोषी भयो ? धेरैलाई असहज र अचम्म लागेको छ ।’ 

    कुनैपनि दोषी उम्किन नपाउने र निर्दोषलाई गलत ढंगले फसाउन नमिल्ने उनले बताए ।

    ‘सीआईबी प्रहरीको विश्वासिलो संस्था हो । हिजो मात्र सकारी वकिल कार्यालयमा प्रतिवेदन (ललितानिवासको) बुझाएको छ, २०४९ सालको बिगो भनेर दाबी गरेबजोमिज त्यो बेलाको ६ वर्षको नाबालकलाई करोडौं रुपैयाँ बिगो दाबी गरिएको छ । यस्ता केटाकेटी अनुसन्धानप्रति शंका रहेको छ,’ श्रेष्ठले भने ।