भदाै लागेपछि व्यासले किन भन्याे वार्षिक समिक्षा गाेष्ठि साउन १९ गते ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भदाै लागेपछि व्यासले किन भन्याे वार्षिक समिक्षा गाेष्ठि साउन १९ गते ?

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८०, बिहीबार

    दमाैली । व्यास नगरपालिकाले बिहीबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्याे । बिहीबार नै बसेकाे नियमित बैठककाे निर्णय भन्दै नगरपालिकाले विज्ञप्ती पठायाे ।

    उक्त विज्ञप्तीकाे निर्णय नम्बर २ मा लेखिएकाे छ, ‘आ.ब २०७९/८० को वार्षिक समिक्षा गोष्ठी मिति २०८०/०४/१९ गते नगर सभा कक्षमा आयोजना गर्ने र उक्त वैठकमा नगर कार्यपालिकाका सबै पदाधिकारी सदस्यहरु, शाखा/उपशाखा प्रमुखहरु, वडा सचिवहरुलाई सहभागि गराउने निर्णय गरियो।’

    भदाै ७ गते बसेकाे बैठकमा साउन १९ गते समिक्षा गाेष्ठि आयाेजना गरिएकाे उल्लेख थियाे । तर नगरपालिकाले उक्त निर्णयमा मिति बिग्रिएकाे भन्दै पुन सच्याएर पठाएकाे छ । उक्त कार्यक्रम भदाै १९ गते नगरपालिकाले जनाएकाे छ ।