करेन्ट लागेर म्याग्देको मनपाङमा दुई महिला घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    करेन्ट लागेर म्याग्देको मनपाङमा दुई महिला घाइते

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८०, शनिबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका-६ मनपाङमा शनिबार करेन्ट लागेर दुई महिला घाइते भएका छन् ।

    घाइते हुनेमा सोही वडाको काल्टे बस्ने २५ वर्षीया सुमिना गुरुङ र ५० वर्षीया सीता गैरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    बिजुलीको तार अचानक चुडिन गइ पानीमा करेन्ट प्रवाह हुँदा बाटो हिँड्ने क्रममा ती दुई महिलालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    करेन्ट लागेर घाइते दुवै महिलाको पोखरास्थित जिएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।