बलात्कारकाे आराेप लागेका ऋषिङका प्रअ थापालाई कारवाही गर्न माओवादीकाे माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    बलात्कारकाे आराेप लागेका ऋषिङका प्रअ थापालाई कारवाही गर्न माओवादीकाे माग

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८०, सोमबार

    दमाैली । नेकपा माओवादी केन्द्र ऋषिङ गाउँ कमिटीले १२ वर्षीया बालिकालाई जबरजस्ती करणीकाे आराेप लागेका प्रधानाध्यापक झुलबहादुर थापालाई कारवाहीकाे माग गरेकाे छ । ऋषिङ गाउँपालिका-७ स्थित ज्यामिरे माइ प्राविका प्रधानाध्यापक थापालाई अविलम्ब पक्राउ गरी कारवाहीकाे माग गरिएकाे हाे ।

    थापाले गत साउन ३१ गते ती बालिकालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ । उक्त घटनापश्चात थापा फरार छन् ।

    माओवादी गाउँ कमिटी सचिव डम्बर विकले साेमबार विज्ञप्ती जारी गरी निज थापालाई पक्राउ गरी कडा कारवाही गर्न र पीडित बालिका र परिवारमाथि थप हिंसा हुन नदिन प्रशासनकाे ध्यानाकर्षण गराएका छन् ।

    उनले दाेषीलाई कुनै बहानामा उम्कन नदिन र पीडितलाई न्याय दिलाउन आ-आफ्नाे ठाउँबाट भूमिका निर्वाह गर्न न्यायालय, जनप्रतिनिधि, प्रशासन र पत्रकार र जनसमुदायमा समेत अपिल गर्दछाै ।