कन्काईका विद्यार्थीकाे प्रशासन भ्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कन्काईका विद्यार्थीकाे प्रशासन भ्रमण

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८०, सोमबार

    दमाैली । व्यास नगरपालिका-४ स्थित कन्काई ग्लाेबल एकेडेमीका विद्यार्थीले जिल्ला प्रशासन कार्यालय तनहुँकाे भ्रमण गरेका छन् । विद्यालयकाे कक्षा ९ मा अध्ययनरत विद्यार्थीले साेमबार कार्यालयकाे भ्रमण गर्दै त्यहाँबाट सम्पादन हुने कार्यकाे बारेमा जानकारी लिएका छन् ।

    सामाजिक शिक्षा विषयको “नागरिकको परिचय” पाठमा समावेश भएका विभिन्न शीर्षकहरु जस्तै जन्म दर्ता प्रमाण पत्र, नागरीकताको परिचय, नागरीकताको प्रमाण पत्र र त्यसका किसिम, नागरिकता बनाउने प्रकृया, राष्ट्रिय परिचय पत्र र त्यसका उद्देश्य र प्रावधानका बारेमा विद्यार्थीलाई जानकारी गराउन प्रशासनकाे भ्रमण गराइएकाे विद्यालयका प्रबन्ध निर्देशक मिलन गाेदारले जानकारी दिए ।

    May be an image of 14 people, people studying, hospital and text
    May be an image of 11 people and text

    साे अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले कार्यालयबाट प्रदान गरिने सेवाका बारेमा विभिन्न फाँटमा भ्रमण गराइ जानकारी गराए ।

    May be an image of 7 people