इन्टरनेट सेवा प्रदायकमध्ये वर्ल्डलिङ्कलाई ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड २०२३’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इन्टरनेट सेवा प्रदायकमध्ये वर्ल्डलिङ्कलाई ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड २०२३’

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०८०, मंगलवार

    काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले ‘अर्गनाइजेसन सेल्स एक्सिलेन्स अवार्ड २०२३’ जितेको छ । ग्रोथ लिडरशिप एकेडेमीले शुक्रबार आयोजना गरेको ‘सेल्स समिट’ कार्यक्रममा वर्ल्डलिङ्कले इन्टरनेट सेवा प्रदायकको विधामा सो अवार्ड जितेको हो ।

    करिब तीन महिनादेखिको सर्वेक्षण र अध्ययनपछि वर्ल्डलिङ्कलाई यो विधामा उत्कृष्ट घोषित गरिएको हो । मनोनयनमै परेका कम्पनीहरूको बजार गतिविधि, सेल्स तथा बीटुबी इन्टरयाक्सन (अन्तर्क्रिया), सामाजिक सञ्जालमा ग्राहकसँगको व्यवहार आदिका आधारमा मूल्याङ्कन गरिएको आयोजकले जानकारी दियो ।

    इन्टरनेट सेवा प्रदायक विधामा वर्ल्डलिङ्कसहित डिश मिडिया नेटवर्क लिमिटेड र भायानेट कम्युनिकेसन लिमिटेड मनोनयनमा परेका थिए । (टेकपाना)