अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ : शेखर कोइराला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्छ : शेखर कोइराला

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८०, शनिबार

    काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीविरुद्धको भ्रम चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्ने बताएका छन् ।

    शनिबार चितवनमा आयोजित पार्टीको जिल्ला भेलामा उनले अहिले कांग्रेस सरकारमा हुँदा पनि कुनै काम गर्न नसकेको उल्लेख गरे । कांग्रेसविरुद्ध पनि विभिन्न भ्रम छर्ने प्रयास भइरहेको उनले बताए । यसलाई चिर्नका लागि अब कांग्रेस नेतृत्वको सरकार बनाउनुपर्नेमा उनले जोड दिए ।

    अहिले देशमा फैलिएको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अराजकता नियन्त्रण गर्न पनि कांग्रेसको सरकार आवश्यक रहेको उनको भनाइ छ ।

    वर्तमान प्रणालीबाट देशमा कुनै एक पार्टीको मात्र सरकार बन्न नसक्ने भन्दै उनले प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरे ।