प्रकाश सपुतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रकाश सपुतको ‘जाले रुमाल फाट्यो’ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८०, शनिबार

    काठमाडौ । दुई वर्षअघि तीजको छेकोमा सार्वजनिक गीत ‘कुरा बुझ्न पर्च’ निकै रुचाइयो ।  यसपटक सोही गीतको दोस्रो भाग सार्वजनिक भएको छ ।

    सर्जक एवं गायक प्रकाश सपूतले’ कुरा बुझ्न पर्च २’ सार्वजनिक गरेका छन् । गायिका समिक्षा अधिकारीको आवाजमा ‘जाले रुमाल फाट्यो’ गीत सार्वजनिक गरिएको हो ।

    उक्त गीतमा नायिका स्वस्तिमा खड्का र ऑचल शर्माले अभिनय गरेका छन् । त्यस्तै नायक गौरव पहारीले पनि गीतमा अभिनय गरेका छन् ।

    जातका आधारमा हुने विभेदका घटनालाई गीतमा देखाइएको छ ।