कृष्ण मन्दिरका ज्येष्ठ नागरिकलाई ऑबुखैरेनीका महिला कर्मचारीको दर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    कृष्ण मन्दिरका ज्येष्ठ नागरिकलाई ऑबुखैरेनीका महिला कर्मचारीको दर

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०८०, मंगलवार

    दमौली । ऑबुखैरेनी गाउँपालिका-३ स्थित कृष्ण मन्दिर वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई ऑबुखैरेनी गाउँपालिकाका महिला कर्मचारीले दर खुवाएका छन् ।

    हरितालिका तीजको अवसर पारेर गाउँपालिकाका महिला कर्मचारीको संयोजनमा वृद्धवृद्धालाई दर खुवाइएको हो ।

    वृद्धा़श्रमका ज्येष्ठ नागरिकलाई एकल महसुश नहोस् भन्नका लागि दर खुवाइएको कर्मचारी पूजा श्रेष्ठले जानकारी दिइन्।

    कार्यक्रममा पूर्व सांसद गायत्री गुरुङ, पालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा लगायतको सहभागिता थियो ।