जामुनेमा हुने तीज प्रतियोगिताको ९० प्रतिशत पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जामुनेमा हुने तीज प्रतियोगिताको ९० प्रतिशत पूरा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । म्याग्दे गाउँपालिका-२ जामुनेमा हुने तीज गीत प्रतियोगिताको तयारी ९० प्रतिशत सकिएको छ । न्यु भिजन युवा क्लवको आयोजनामा असोज १ र २ गते हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लवले जनाएको छ ।

    क्लवका निवर्तमान अध्यक्ष सन्दिप रानाभाटले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

    विकृतिलाई तिरस्कार गरौ संस्कृतिको जगेर्ना गरौ भन्ने नारा सहित कार्यक्रम गर्न लागिएको हो । प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार २ सय २२, द्वितीय हुनेलाई रु १३हजार ३ सय ३३, तृतीय हुनेलाई रु ७ हजार ७ सय ७७ प्रदान गरिनेछ ।