लियो जिल्ला परिषद्को पदस्थापन एवं प्रथम काउन्सिल बैठक ऑबुखैरेनीमा सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    लियो जिल्ला परिषद्को पदस्थापन एवं प्रथम काउन्सिल बैठक ऑबुखैरेनीमा सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । लियो जिल्ला परिषद ३२५ एल नेपालको जिल्ला पदस्थापना, अवार्ड सेरोमनी एवं प्रथम काउन्सिल बैठक ऑबुखैरेनीमा शनिबार सम्पन्न भएको छ ।

    शुक्रबारदेखि सुरु भएको उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो । शुक्रबार आयोजित कार्यक्रम ऑबुखैरेनीका अध्यक्ष शुक्र चुमानको प्रमुख आतित्थ्यतामा सम्पन भएको छ।

    शनिबार आयोजित लियो जिल्ला परिषद् ३२५ एल नेपालको प्रथम काउन्सिल बैठक जिल्ला अध्यक्ष सन्तोष ढकाल र डिष्ट्रिक गभर्नर परमेश्वर बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

    कार्यक्रममा लियो जिल्ला परिषद ३२५ एल नेपालको ३७ वटा क्लबबाट उपस्थिति रहेको थियो । लियो क्लब अफ ऑबुखैरेनी सिटीको आतिथ्यतामा सम्पन कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ एल नेपालका प्रमुख जिल्ला अध्यक्ष सल्लाहकार एवं लियो क्लब अफ आबुखैरेनी सिटीका पूर्व अध्यक्ष अमृत पण्डितलाई कार्यक्रममा सम्मान गरिएको थियो ।