एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै

    खबरपुञ्ज संवाददाता

    ३० भाद्र २०८०, आईतवार

    काठमाडौ । एशिया कपको फाइनल खेलमा आज भारत र श्रीलंका आमनेसामने हुँदै छन्। कोलम्बोस्थित आर. प्रेमदास रंगशालामा हुने खेल नेपाली समय अनुसार आज दिउँसो ३:१५ बाट शुरू हुनेछ।

    एशिया कपको इतिहासमा श्रीलंका १२ पटक र भारत १० पटक फाइनलमा पुगेको छ। तर, उपाधि जित्ने सवालमा भने भारत अगाडि छ। भारतले अहिलेसम्म सात पटक एशिया कपको उपाधि उचालेको छ। श्रीलंकाले भने ६ पटक मात्र उपाधि जितेको छ। 

    हाल आईसीसीको एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा छ। श्रीलंका भने आठौं स्थानमा रहेको छ। आजको फाइनलका लागि भारतले अक्षर पटेलको स्थानमा वाशिङटन सुन्दरलाई खेलाउने भएको छ। बाङ्लादेश विरुद्धको खेलमा पटेल चोटग्रस्त भएका थिए। 
    यस्तै, श्रीलंकाले पनि आफ्नो महत्त्वपूर्ण खेलाडी महीश थिकशानालाई फाइनलका लागि गुमाएको छ। उनी पाकिस्तान विरुद्धको खेलमा चोटग्रस्त भएका थिए। उनको स्थानमा श्रीलंकाले सहान अराचचिगेलाई टोलीमा सामेल गरेको छ।