डेंगु नियन्त्रण र प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराउँछु : सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डेंगु नियन्त्रण र प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराउँछु : सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८०, मंगलवार

    दमौली । पूर्वमन्त्री एवं बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले दमौलीमा प्रकोपको रुपमा फैलिएको डेंगु नियन्त्रण र संक्रमितको प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन्।

    व्यास नगरपालिका-२ निवासी १३ वर्षीया प्रजिता श्रेष्ठको डेंगुबाट निधन भएपछि शोक वक्तव्य जारी गरी श्रेष्ठले तत्काल स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउने बताएका हुन् ।

    व्यास नगरपालिका-२ निवासी सामाजिक व्यक्तित्व जीवनकुमार श्रेष्ठ र प्रमिला श्रेष्ठकी छोरीको डेंगु संक्रमणबाट कलिलो उमेरमै सोमबार मृत्यु भएको खबरले आफूलाई स्तब्ध तुल्याएको उनले उल्लेख गरेका छन् ।