दमौली । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले डेंगु संक्रमण बढिरहेका बेला दमौलीका क्लिनिक गैरजिम्मेवार भएको बताएका छन् ।
क्लिनिकमा चिकित्सिक बिना बिरामी भर्ना गरेर राख्ने र अन्तिम भएपछि मात्रै अस्पताल पठाउने गरिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय तनहुँले मंगलबार आयोजना गरेको डेंगु नियन्त्रण सम्बन्धी बैठकमा बोल्दै उनले भने, ‘दमौलीका क्लिनिक अराजकताको पराकाष्ठा भए । २/३ दिन क्लिनिकमा उपचार गरेर स्वास्थ्य अवस्था बिग्रिएपछि मात्रै अस्पताल पठाउने गरिएको छ ।’
उनले डेंगु नियन्त्रणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । हरेक घर सचेत नभएसम्म डेंगु नियन्त्रण गर्न सम्भव नरहेको उनको भनाई थियो ।