काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका खेलाडी अस्ट्रेलिया जाने अझै रोकिएको छैन।
आफ्नो सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया जाने खेलाडीको सूचीमा फरवार्ड विमल घर्तिमगर पनि थपिएका छन्।
विमल शुक्रबार अस्ट्रेलियातर्फ गएका हुन्। उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए।
सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए। (सेतोपाटी)