रहेनन् ओखलढुङ्गा जिसस प्रमुख खनाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रहेनन् ओखलढुङ्गा जिसस प्रमुख खनाल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    ओखलढुङ्गा । जिल्ला समन्वय समिति (जिसस) ओखलढुङ्गाका प्रमुख डिल्लीराम खनालको ७३ वर्षको उमेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राति निधन भएको छ ।

    उनी आमासयको ‘क्यान्सर’बाट पीडित थिए । उनी २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित भएपछि जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत रहेका खनाल जिल्लामा कांग्रेसका अभिभावक नेता मानिन्थे ।

    नेता खनालको निधनले पार्टी र सिङ्गो ओखलढुङ्गा जिल्लालाई अपुरणीय क्षति पु¥याएको कांग्रेस नेता एवं सांसद नेता रामहरि खतिवडाले बताए । खनालका दुई छोरा, दुई छोरी छन् । दिवङ्गत खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।