पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अबको १० वर्ष केपी ओलीको विकल्प नभएको बताएका छन् ।
एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनको बन्दसत्रमा उपमहासचिव गुरुङले पार्टी बलियो बनाउन, एकीकृत गर्न अब १० वर्ष केपी ओलीको विकल्प नभएको बताएका हुन् ।’म यहीँबाट तपाईंहरुलाई भन्न चाहन्छु । अबको १० वर्ष केपी ओलीको विकल्प छैन । पार्टीलाई शक्तिशाली बनाउन केपी ओलिको नेतृत्व आवश्यक छ’, उनले भने ।