भानु नगरपालिकाका प्रमुखलाई खुल्ला पत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    भानु नगरपालिकाका प्रमुखलाई खुल्ला पत्र

    सन्देश आचार्य

    १५ आश्विन २०८०, सोमबार

    आदरणीय आनन्द दाई, नमस्कार

    मैले कुनै नौलो विषयको उठान गर्न खोजेको छैन।यो तपाईं हामी सबै भानु नगरबासीहरू कै प्रमुख समस्याहरू सम्बोधन सम्बन्धमा ,नगरप्रमुखको प्रमुख दायित्व रहने भएकाले नै यो निवेदन पत्र सार्वजनिक गरेको छु।यसलाई राजनैतिक मुद्धाको रूपमा अतिरञ्जित नगराई लिईदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु।

    स्थानीय तहको निर्वाचनमा नगरप्रमुखको रूपमा निर्वाचित भएर सार्वजनिक पद धारण गरे पश्चात् तपाईं हामी सम्पुर्ण भानु नगरबासीहरूको नगरप्रमुख हुनुहुन्छ ।र यस निवेदनलाई सम्पुर्ण नगरबासीको प्रतिनिधि पत्रको रूपमा बुझिदिनुहुनेछ भन्ने ठानेको छु।

    १)तनहुँको सदरमुकाम दमौली क्षेत्रमा महामारीको रूपमा देखिएको डेङ्गी(डेङ्गु)रोग,भानु नगरपालिका क्षेत्र भित्र पनि देखिन थालेको कुरा जगजाहेर नै छ।यसको नियन्त्रणका लागि भानु नगरपालिका र स्वास्थ्य शाखाले के कस्ता योजनाहरू तय गरेको छ?साथै प्रकोप देखिएको खण्डमा उपचारका लागि हाम्रा पुर्व तयारीहरू के के छन्?प्रष्ट पारिदिनुहुन अनुरोध गर्दछु।

    २)भानु नगरपालिका वडा न.१ भन्सार क्षेत्रमा ,पालुङ्टार नगरपालिकाको वडा न. ७ मा संचालित भट्टराई पोल्ट्री फर्म बाट निस्कने दुर्गन्धका कारण जनस्वास्थ्य प्रभावित भएको सूचना हजुर हामि सबैलाई सर्वविदित नै छ। यस अघि पनि स्थानीयहरूका हिसाबले नगरप्रमुख, हजुरका समक्ष ध्यानाकर्षण पत्र पेश गरेकै हुन्। सो को काम कारवाही ब्याबसायीलाई मर्का नपर्ने गरि र स्थानीयहरूको जनस्वास्थ्यलाई प्रधानता हुने गरि यथासिघ्र समन्वयात्मक ढंगले अगाडि बढाईदिनुहुनेछ भन्ने ठानेको छु।

    एक सचेत नागरीक,बालिग मताधिकार प्रयोगकर्ताको नाताले आफ्नो मतको जवाफदेहीता खोज्नु मेरो कर्तब्य र अधिकार भएका कारण यी प्रश्नहरू प्रष्ट राखेको छु।लागेको छ ,प्रतिक्रियाका रूपमा नगरप्रमुखको जवाफ प्राप्त गर्नेछु।साथै ,स्वस्थ र समुन्नत भानु नगरपालिका निर्माणमा दलिय स्वार्थ भन्दा पर बसेर ,नगरबासीहरूको हितका निमित्त सबाल जवाफ गर्नेछु।र यहाँले आवश्यक ठहरेको खण्डमा समन्वयात्मक सहकार्य ,साथमा साथ र काँधमा काँध दिने प्रतिबद्धता गर्दछु।

    लेखक रास्वपा भानुका सचिव हुन्