२३ रनले हारेपछि केपी ओलीले भने- एकदिन अवश्य जित हुनेछ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २३ रनले हारेपछि केपी ओलीले भने- एकदिन अवश्य जित हुनेछ

    खबरपुञ्ज संवाददाता

    १६ आश्विन २०८०, मंगलवार

    काठमाडौ । एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकदिन नेपालको अवश्य जित हुने बताएका छन् ।

    मंगलबार बिहान भारतसँग २३ रनले पराजित भएपछि नेपाली टिमलाई हौसला दिँदै ओलीले कोसिस गर्नेको एकदिन जित हुने बताए । उनले भने, ‘मात्र २३ रनको फरक ! हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ। कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ ।’