शुक्लागण्डकीका तीन माओवादी नेतालाई कारबाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीका तीन माओवादी नेतालाई कारबाही

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८०, बिहीबार

    दमौली । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले तीन नेतालाई कारबाही गरेको छ । शुक्लागण्डकी नगर कमिटीको असोज १६ गते बसेको बैठकले एक जनालाई निष्काशनका लागि जिल्ला समन्वय समितिमा सिफारिस गरेको छ भने दुई जनालाई सदस्यता समेत नरहने गरी निष्कासनको निर्णय गरेको हो ।

    जिल्ला समन्वय सदस्य भद्र बहादुर खत्री (विष्णु) लाई निष्काशनका लागि जिल्लामा सिफारिस गरिएको नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए । त्यस्तै नगर कमिटी सदस्य याम खॉण र वडा नम्बर २ का अध्यक्ष शंकर पन्तलाई सदस्यता समेत नरहने गरी निष्काशन गरिएको उनले जानकारी दिए ।

    पार्टी हित विपरित कार्य गरेकाले उनीहरुलाई कारबाही गरिएको गुरुङको भनाई छ ।