एमाले गण्डकी प्रदेशमा तनहुँबाट दश जना निर्वाचित (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    एमाले गण्डकी प्रदेशमा तनहुँबाट दश जना निर्वाचित (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८०, शुक्रबार

    दमौली । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सदस्यमा तनहुँबाट दश जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतगणना अनुसार तनहुँका दश जना विभिन्न क्लष्टरबाट प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका हुन् ।

    त्यसमध्ये महिलातर्फ तीन जना सर्वसम्मत निर्वाचित भएका हुन् । महिलातर्फको तीन सदस्यमा चार जनाको उम्मेदवारी परेको थियो । विष्णुमाया ढकालले उम्मेदवारी फिर्ता लिएपछि कृष्णकुमारी श्रेष्ठ, रत्ना घिमिरे र देवु विष्ट सर्वसम्मत निर्वाचित भए ।

    प्रदेश खुल्ला समावेशी आदिवासी जनजातितर्फ घिरिङका होमबहादुर थापा ३४८ मत प्राप्त गरी विजयी भएका छन् । तनहुँ जिल्ला भूगोल दलितमा भिमादका बाबुराम सुनार ५३५ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी दमौलीका मोहन सुनारले ३६१ मत प्राप्त गरे ।

    तनहुँ जिल्ला भूगोल खुल्लाबाट भिमादका मेखबहादुर थापा ६१० र भानुका रामबहादुर गुरुङ ५५७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी बन्दीपुरका इन्द्रबहादुर कुंवरले ३३७ र शुक्लागण्डकीका रामचन्द्र उपाध्यायले २८८ मत प्राप्त गरे ।

    तनहुँ १ संघीय निर्वाचन क्षेत्र भूगोलबाट भानुका प्रेम राना ४७३ र तनहुँ २ संघीय निर्वाचन क्षेत्र २ भूगोलबाट शुक्लागण्डकीका कमल ढकाल ५२७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी व्यासका अमर भण्डारीले ४२३ र भिमादका धर्मराज खनालले ३६९ मत प्राप्त गरे ।

    खुल्ला सदस्यमा शुक्लागण्डकीका श्यामराजा महत ५७८ मत प्राप्त गरी विजयी भएका छन् ।