भारतलाई अस्ट्रेलियाले दियो २०० रनको लक्ष्य 
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    भारतलाई अस्ट्रेलियाले दियो २०० रनको लक्ष्य 

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप–२०२३ को आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले घरेलु टिम भारतविरुद्ध २०० रनको लक्ष्य प्रस्तुत गरेको छ ।भारतको चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा टस जितेर ब्याटिङमा आएको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर १९९ रनको योगफल खडा गर्‍यो ।

    अस्ट्रेलियाका कुनै पनि ब्याटर भारतीय बलरसामु खुलेर खेल्न सकेनन् । अस्ट्रेलियाबाट स्टिभ स्मिथले ४६ र डेविड वार्नरले ४१ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ उकास्ने प्रयास गरेका थिए । यसबाहेक, अन्य कुनै पनि समयमा अस्ट्रेलियाले साझेदारी बनाउन सकेन ।

    अस्ट्रेलियाका मार्नुस लाबुसचेन्जले २७ रन जोड्दा ग्लेन म्याक्सवेल र कप्तान प्याट कुमिन्सले समान १५ रन थपे । नवौँ नम्बरमा ब्याटिङका लागि आएका मिचेल स्टार्कले २८ रन बनाए ।भारतका रविन्द्र जडेजाले तीन विकेट लिए । १० ओभर बलिङ गरेका जडेजाले एक मेडन राख्दै २८ रन खर्चिए । कुलदीप यादव र जसप्रित बुमराहले समान दुई विकेट लिए । रविचन्द्रन आश्विन, हार्दिक पन्ड्या र मोहम्मद सिराजले एक–एक विकेट हात पारे ।