इजरायलमा रहेका नेपालीहरुलाई रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इजरायलमा रहेका नेपालीहरुलाई रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८०, सोमबार

    काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ । 

    दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ । जसमा १० जनाको मृत्यु भएको जनाइएको छ तीन जना उपचाररत, तीन जना सकुल र एक जना सम्पर्कविहीन रहेको दूतावसले जनाएको छ । 

    दूतावसले हाल आफू रहेकै ठाउॅमा सुरक्षित रहॅदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन समेत  सबैलाई आह्वान गरेको छ ।