परराष्ट्रमन्त्रीलाई इजरायल पठाएर भएपनि सरकारले विद्यार्थीको उद्धार गरोस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    परराष्ट्रमन्त्रीलाई इजरायल पठाएर भएपनि सरकारले विद्यार्थीको उद्धार गरोस्

    खबरपुञ्ज संवाददाता

    २१ आश्विन २०८०, सोमबार

    काठमाडौ । बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठले इजरायलबाट नेपाली विद्यार्थीको उद्धारमा सरकारले तदारुकता देखाउनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले विद्यार्थीको तत्काल उद्धार गर्नुपर्ने बताए ।

    उनले भने, ‘सरकारले परराष्ट्रमन्त्रीलाई इजरायल पठाएर भएपनि नेपालीको उद्धार गरोस् ।’ बंकरभित्र सुरक्षित बसेका विद्यार्थीसँग प्रधानमन्त्रीले भिडिओ कुराकानी गर्नु सकारात्मक रहेको उनको भनाई थियो ।