विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित, श्रीलंका पॉच विकेटले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप क्रिकेट : अष्ट्रेलियाको पहिलो जित, श्रीलंका पॉच विकेटले पराजित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । भारतमा जारी आईसीसी वान डे विश्वकप अन्तर्गत सोमबार भएको खेलमा अस्ट्रेलियाले श्रीलंकामाथि पाँच विकेटको जित निकालेको छ। 

    जारी प्रतियोगितामा अस्ट्रेलियाको यो पहिलो जित हो। यसअघिका दुई खेल लगातार हारेको अस्ट्रेलियाले श्रीलंकालाई सहजै पराजित गरेको हो।

    २१० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ३५ दशमलव २ ओभरमै लक्ष्य पूरा गर्‍यो। यो जितसँगै अस्ट्रेलियाले अंक तालिकामा दुई अंक प्राप्त गरेको छ।

    अस्ट्रेलियाका लागि सर्वाधिक जोस इंग्लिसले ४८ रन जोड्दा मिचेल मार्सले ५२ रनको योगदान दिए। 

    यस्तै मार्नुस लाबुसेङले ४०, ग्लेन म्याक्स्वेलले ३१, मार्च स्टोनिस २० र डेविड वार्नरले ११ रन जोडे। 

    श्रीलंकाका लागि दिलशन मधुशंकाले ३ र दुनिथ वेलागेलेले १ विकेट लिए।  

    पहिला ब्याटिङ गरेको श्रीलंका ४३ दशमलव ३ ओभरमै अल आउट हुँदै जम्मा २०९ रन मात्र बनाउन सक्यो। 

    श्रीलंकाका लागि  कुसल परेराले ७८ र पाथुम निसान्कले ६१ को योगदान दिए। ओभरनद्वयले निसान्क र परेरा आउट भएपछि क्रिजमा आएका अन्य ब्याटर चम्किन सकेनन्। 

    उत्कृष्ट सुरुवात गरेको श्रीलंकाका ब्याटर मिडिल ओभरमा ध्वस्त भएका थिए। चरित असलंकाले २५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

    अस्ट्रेलियाका लागि अदाम जाम्पाले सर्वाधिक चार विकेट लिए। ८ ओभर बलिङ गरेका जाम्पाले ५७ रन खर्चिँदै ४ विकेट लिएका हुन्। 

    यस्तै मिचेल स्टार्क र पात क्यूमिन्सले दुई/दुई विकेट लिँदा ग्लेन म्याक्स्वेलले एक विकेट लिए।