नेपाल विश्वकप फुटबल छनाेटको दोस्रो चरणमा प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल विश्वकप फुटबल छनाेटको दोस्रो चरणमा प्रवेश

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसलाई पराजित गर्दै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको वियनतियानेस्थित राष्ट्रिय रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले लाओसलाई १–० गोलअन्तरले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा पुगेको हो । नेपालको जीतमा मनिष डाँगीले निर्णायक गोल गरे ।

    उनले खेलको ५३ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् । नेपालमा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । नेपालले अब विश्वकपको दोस्रो चरणअन्तर्गत समूह एचमा रहेका युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ ।