काठमाडौँ । लियोनल मेसीले गरेको दुई गोलमा अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा बुधबार पेरुलाई २–० ले हराएको छ । दुवै गोल पहिलो हाफमा भए । अर्जेन्टिनाको यो लगातार चौथो जित हो ।
छनोटमा उसले शतप्रतिशत प्रदर्शन कायम राख्दै अंक तालिकाको शीर्षमा छ । अर्जेन्टिनापछि उरुग्वे रहेको छ र उसले अर्को खेलमा ब्राजिललाई स्तब्ध पार्यो । उरुग्वेको २–० जितमा दुवै गोल डारविन नुनेजले गरे ।
उरुग्वेको सात अंक छ भने ब्राजिल समान सात अंकमै तेस्रो स्थानमा छ । अन्य खेलम भेनेजुएलाले चिलीलाई ३–० र पाराग्वेले बोलिभियालाई १–० ले हरायो भने इक्वडेर र कोलम्बियाले गोलरहित बराबरी खेले ।