राष्ट्रपतिबाट बडादसैँको शुभकामना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपतिबाट बडादसैँको शुभकामना

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०८०, सोमबार

    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडडेलले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि भएकाले यस पर्वले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सबैलाई प्रेरित गर्ने छ भन्ने विश्वास व्यक्त गरेका छन् ।

    यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामथ्र्य प्रदान गरोस् भन्ने पनि उनले कामना गरेका छन् । “हाम्रो मुलुकमा परम्परागतरुपमा हर्षाेल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेका छन्”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन् “बडादसैँ पर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्छ भन्ने मलाई लाग्छ ।”