काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्याण्ड्समाथि ३०९ रनको कीर्तिमानी जित हात पारेको छ ।यो विश्वकप क्रिकेटमै अहिलेसम्मको ठूलो अन्तरको जित हो ।
ओडीआई क्रिकेटको भने यो दोस्रो ठूलो अन्तरको जित हो । सबभन्दा ठूलो अन्तर (३१७ रन)को जितको रेकर्ड भारतको नाममा छ । १५ जनवरी २०२३ मा भएको खेलमा ३९० रन बनाएको भारतले श्रीलंकालाई ७३ रनमै अलआउट गरेको थियो ।
एकदिवसीय विश्वकपमा भने ठूलो अन्तर (२७५ रन) को जितको रेकर्ड अष्ट्रेलियाकै नाममा थियो । २०१५ को विश्वकपमा ४१७ रन बनाएको अष्ट्रेलियाले अफगानिस्तानलाई १४२ रनमा अलआउट गरेको थियो ।