काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आएको तर कुनै पनि राजनीतिक दलहरूले जनताका लागि काम नगरेको बताए। दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्न सक्छौं गर भन्ने चुनौती दिएको उनले बताए।
उनले आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने बताए।
‘हाम्रो आँखैअगाडि नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आएका छन्। स्थानीय तहमा एकसेएक होनहार मानिस आएका छन्। तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ‘ल के गर्न सक्छौ, आएर?’ भनेर हामीलाई ठाडै चुनौती दिए। यस्त कयौं बेथितिका चुनौती दिएका छन्,’ उनले भने।