तीनजना नेपाली विद्यार्थीको शव पहिचान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तीनजना नेपाली विद्यार्थीको शव पहिचान

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०८०, आईतवार

    काठमाडौ । इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ । तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो । योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ ।

    बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ । इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले केहीबेर अघि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । हमासको आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुईजनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ ।

    डिस्चार्ज गरिएकामध्ये एकजना नेपाल आइसकेका र अर्का एकजना दूतावासको रेखदेखमा रहेका छन् । साथै अन्य दुईजनाको इजरायलमा उपचार भइरहेको छ । –––