आममाफी पाएर छुटेका रामचन्द्र फेरि पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आममाफी पाएर छुटेका रामचन्द्र फेरि पक्राउ

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०८०, मंगलवार

    चितवन। गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएर छुटेका रामचन्द्र थापा पुन: पक्राउ परेका छन् । अपहरण गरी ज्यान मार्ने धम्की दिई २५ लाख मागेको अभियोगमा हेटौडा उपमहानगरपालिका वडा नं. ०२ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ०९ बस्ने ५५ वर्षीय थापा पक्राउ परेका हुन् ।

    उनलाई जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० मालपोत चोक स्थितमा रकम माग गर्दै गरेको अवस्थामा नै फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    भरतपुर महानगरपालीका वडा नं. १ बस्ने सोमराज सुवेदीलाई फोन गरी निज सोमराज सुवेदी र निजको छोरालाई सुट गरी हत्या गर्छु भनि सो को बदलामा २५ लाख माग गरेको प्रहरीले जनाएको छ।

    कार्यालयबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डमा बिशेष प्रहरी टोली परिचालित भई विभिन्न प्रविधिको प्रयोग तथा सूचना संकलन तथा शंकित ब्यक्तिको निग्रानी गरी निज धाक धम्की दिई रकम माग गर्ने ब्यत्ती तथा उक्त कार्यमा संलग्न मानिसहरुको पहिचान तथा खोजतलास गर्ने क्रममा निज पक्राउ परेका हुन् ।

    निज यसभन्दा पहिले पनि पटक पटक विभिन्न कसूरमा संलग्न रहेको खुल्न आएको छ ।

    निज चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ बर्ष कैद तोकिएकोमा गत गणतन्त्र दिवसको अवसरमा ४ बर्ष ६ महिना ३ दिन कैद भुक्तान गरी कारागार कार्यालय चितवनबाट रिहा भएका थिए ।