थानीमाइमा भित्रियो ७० फूलको डोली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाइमा भित्रियो ७० फूलको डोली

    खबरपुञ्ज संवाददाता

    १५ कार्तिक २०८०, बुधबार

    दमाैली । कात्तिकको दोस्रो मङ्गलबार तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा ७० फूलको डोली भित्रिएको छ ।

    फूलको डोली भित्र्याउन देशका विभिन्न ठाउँबाट सर्वसाधारण आएको थानीमाइ मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए। त्यसक्रममा करिब छ हजार तीन सय भन्दा बढीले मन्दिरमा पूजाआजा गरेका छन् । त्यस्तै सोमबार राति जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या तीन सय सात रहेको थियो ।

    कात्तिकको पहिलो मङ्गलबार विजयादशमी परेका कारण उक्त दिन फूलको डोली आएको थिएन । सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

    प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ र फागुन महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।