ओमानलाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ओमानलाई पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । नेपालले आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोटमा आज ओमानसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोटको तेस्रो खेल आज बिहान ९ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

    समूहगत चरणको अन्तिम खेल अगाडि नै समूह ‘ए’बाट नेपाल र ओमान सेमिफाइनलमा पुगेका छन्। आजको खेलबाट समूह विजेता बन्ने लक्ष्य रहेको छ। छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।ओमानले पनि पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो। 

    कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन्। यस्तै समूह ‘बी’मा हङकङ, यूएई, बहराइन र कुवेत छन्। 

    समूह एका विजेताले समूह बी को उपविजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ। आज नेपाल र ओमान दुवै टीमले उत्कृष्ट टोली मैदान उतार्ने छन्।

    फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछ।