एकजनाको मृत्युसँगै भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एकजनाको मृत्युसँगै भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०८०, शुक्रबार

    रुकुम । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी घाइते हुनुभएका एकजनाको मृत्यु भएको छ । जिल्ला चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय नगर प्रहरी निरोज विष्टको उपचारका क्रममा मृत्यु भएको हो ।

    सुर्खेतको कालागाउँस्थित प्रादेशिक अस्पताल आज बिहान ९ बजे उनको मृत्यु भएको रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मेद्र खड्काले जानकारी दिए ।

    मृतक विष्ट चौरजहारी नगरपालिका–१ निवसी हुन् । योसँगै जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । वडा नं ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएका बिष्ट भूकम्प आएपछि त्यहाँ उद्धारका लागि मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोले टाउकोमा लाग्दा उनी सख्त घाइते भएका थिए ।