काेत्रेबाट विष्फोटक पदार्थ पटाका सहित एक जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काेत्रेबाट विष्फोटक पदार्थ पटाका सहित एक जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०८०, शुक्रबार

    दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा विष्फोटक पदार्थ पटाका सहित शुक्रबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी साम्सी गाउँपालिका–७ स्थायी घर भई कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २२ वर्षीय नजाव नदाफ रहेको प्रहरीले जनाएको छ ।

    जनकपुरदेखि पोखरातर्फ जाँदै गरेको ना ५ ख ६६२१ नम्बरको बस जाँच गर्ने क्रममा प्रहरीले एक सय ९० प्याकेट (पाँच हजार तीन सय २० थान) विस्फोटक पदार्थ पटाका बरामद गरेको थियो । बसको क्याविनमा चालक सिट नजिकै राखिएको अवस्थामा चाउचाउको प्याकेटले छोपेर ल्याइएको पटाका नदाफको रहेको पुष्टि भएपछि निजलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

    निजविरुद्ध शुक्रबार नै विष्फोटक पदार्थ सम्बन्धी कसुरमा तनहुँ अदालतबाट दश दिनको म्याद थप गरिएको छ ।