म्याग्देमा तरुण भलिबल प्रतियोगिता सुरु, युवा नेता थापाद्वारा उदघाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    म्याग्देमा तरुण भलिबल प्रतियोगिता सुरु, युवा नेता थापाद्वारा उदघाटन

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०८०, शुक्रबार

    दमौली । नेपाल तरुण दल म्याग्दे गाउँ कार्यसमितिको आयोजनामा शुक्रबारदेखि प्रथम तरुण भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दे-४ पॉगामा गाउँ तथा टोल स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगिताको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चामबहादुर थापाले उदघाटन गरे । सो अवसरमा थापाले कांग्रेसको मेरुदण्ड तरुण भएको उल्लेख गरे । पार्टीलाई बलियो बनाउन तरुणको भूमिका महत्वपूर्ण हुने थापाको भनाइ थियो ।

    तिहारको अवसरमा आयोजित प्रतियोगिता कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ ।