टिकटक बन्द गर्ने निर्णय लिएर सरकार उल्टो कदम हिँड्यो: गगन थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    टिकटक बन्द गर्ने निर्णय लिएर सरकार उल्टो कदम हिँड्यो: गगन थापा

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०८०, सोमबार

    काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री एव‌ं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले टिकटक बन्द गर्ने निर्णय लिएर उल्टो कदम हिँडेको बताएका छन‍्। 

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटक बन्द गर्ने निर्णय लिएको छ। त्यसको विरोधमा सामाजिक सञ्जालमा लेख्दै थापाले सरकार उल्टो हिँडेको बताएका हुन्। 

    उनले यो कदम गलत भएको बताएका छन्।

    ‘टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ। सामाजिक सञ्जालको दुरूपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो,’ उनले लेखेका छन्, ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो।’